वोमी र सूर्योदय लघुवित्त दुई कम्पनी एक भएपछि सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको छ । दुबै कम्पनीले शनिबार (चैत १९ गते) देखि एकीकृत कारोबार गरेका छन् ।
दुवै लघुवित्तबीच गत भदौ १५ गते एक आपसमा मर्जर हुने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
दुवै लघुवित्तबीच गत पुस २९ गते मर्ज हुने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । मर्जर सम्झौता भएसँगै भदौ १६ गतेबाट वोमी र सूर्योदयको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का भएको छ । एकीकृत कारोवार भएपछि यो रोक्का केही दिनमा नै खुल्दै छ ।


