Banijya News

सामलिङ्ग पावर साधारण सभा सोमबार हुने

1
1.1K Shares

सामलिङ्ग पावर कम्पनीको तेस्रो वार्षिक साधारण सभा सोमवार हुने भएको छ । कम्पनीको सभामा चैेत ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने भएका हुन् । उक्त सभाका लागि कम्पनीले चैत ७ गते एक दिन बुक क्लोज गरेको थियो । कम्पनीले सभा काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो ।
सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव छ ।
आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छन् ।

1

Scroll to Top