विभिन्न कार्यक्रम आज गरी ६५ औं सहकारी दिवस मनाइँदै छ । विभिन्न सहकारी संघ संस्था, सहकारी अभियन्ता, सहकारीकर्मीहरुले विषेश कार्यक्रम गरी सहकारी दिवस मनाइरहेका छन् ।
सहकारी दिवसकै अवसर पारेर भूमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागले विशेष कार्यक्रम गर्दैछ । ‘राष्ट्रिय सहकारी महासंघ’ ले शनिवार नै दिवस बारे विशेष कार्यक्रम गरेको छ ।
वि.सं २०१३ साल चैत २० गते चितवनमा बखान बहुद्देश्यीय सहकारी संस्था आधिकारिक रुपमा स्थापना भएपछि सहकारी दिवसको रुपमा मनाउन थालिएको हो ।


