बिहीबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा भएको थियो । तेजावी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै बुधबार तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम गरिएको छ । बुधबार नेपाली बजारमा चाँदी प्रंतितोला १ हजार ३३५ रुपैयाँमा कायम रहेको थियो ।


