नर्भिक अस्पतालले चैत महिनाभरि यूरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ ।
नर्भिकको अनुसार आउने शनिवार पनि यूरोलोजीको २ वटा टिम नै निःशुल्क ओपिडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको छ । अस्पतालले यो महिनाको सुरुवातदेखि नै यूरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिवार निःशुल्क ओपिडी चलाएको थियो । टिमले संचालन गर्ने निःशुल्क ओपिडी सेवाको समय भने सामान्य हेरफेर भएको छ ।
शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म यूरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपिडी सेवा संचालन गर्नेछ ।
यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थीका बिरामीहरुलाई निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ ।
मुटुको समस्या भएका तथा रगत पातलो गर्ने औषधि खाहिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत गर्नेछ । शल्यक्रिया गर्दा लाग्ने शुल्कमा विशेष छुट उपलब्ध गराइएको अस्पतालले जनाएको छ । यसैगरी, चैत २६ गते बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ ।
मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाका बिरामीहरुले ओपिडीबाट लाभ लिन सक्नेछन् ।
ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने भएमा बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि सेवा उपलब्ध छ । त्यस्तै, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने प्रविधि समेत उपलब्ध छ । दूरविनको माध्यमबाट मूत्रथैलीमा भएको समस्याकोे उपचार हुने गरेको छ ।
निःशुल्क ओपिडी सेवा लिन चाहनेले अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२मा सम्प्रक गर्न सक्नेछन ।


