डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट बाजुरा जाँदै गरेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टले जनाएका । उनका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल लगिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।


