Banijya News

यसरी गाभिए प्रभु र अजोड इन्सुरेन्स

1
1.1K Shares

प्रभु र अजोड इन्सुरेन्सबीच एक आपसमा मर्ज हुने सम्झौता भएको छ । शनिबार (असार ३२ गते) यी दुई बिमा कम्पनीबीच मर्जर सम्झौता भएको हो । बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् । बिमा समितिको गत चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने भएपछि दुबै संस्था मर्जरमा गएका हुन् ।

उक्त सम्झौतापत्रमा प्रभु इन्सुरेन्सका तर्फबाट सञ्चालक चिरन्जीबी द्धालेले हस्ताक्षर गरेका हुन् । प्रभु र अजोडका बीचमा १००ः७० को अनुपातमा सेयर आदान–प्रदान हुने गरि मर्जर सम्झौता भएको हो । हाल प्रभु इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ र अजोडको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । दुई कम्पनी एक भएपछि अध्यक्षमा अजोडका आजाद श्रेष्ठ र सीईओमा प्रभुका सञ्चित बज्राचार्य हुने सहमति भएको छ ।

1

Scroll to Top