म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानहरुलाई १० हजार अनुदान दिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिएका छन् । त्यसैगरी गाउँपालिकाले दुध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । दूधमा बेचेर आत्मनिर्भर बनाउनका लागि अनुदान दिन लागेको जानकारी दिएका छन् । यसअघि गाउँपालिकाले प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिँदैआएको थियो । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क संकलन गर्ने योजना समेत बनाएको जनाए ।
गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । सहकारीमा आबद्व भएका दुध किसानको तथ्याङ्क संकलन गर्ने कार्यलाई पनि अघि बढाइएको अध्यक्ष श्रेष्ठले जनाए । गाउँपालिकाले सुत्केरी, गरिब र विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । सेवा लिनका लागि सम्बन्धित वडाबाट सिफारिस गर्नुपर्ने प्रावधान पनि रहेको जानकारी दिएका छन् ।


