Banijya News

प्रचण्डले राखे आफूलाई पहिले प्रधानमन्त्री बनाउनुपर्ने माग पछि गठबन्धमा भयो हलचल

1
1.1K Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरेका छन् । बिहीबार साँझ बालुवाटारमा भएको प्रधानमन्त्री शेरबहादुर र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलमा प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग राखेका हुन् । स्रोतका अनुसार नेताहरू सरकार गठनका लागि प्याकेजमै सहमति हुनुपर्नेमा सहमत छन् । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको विषयमा प्याकेजमा सहमति गरेर अघि बढ्ने सहमति भएको छ ।

संसदमा पाँच स्वतन्त्रसहित १२ राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा रहेको सदस्य संख्याको बहुमत प्राप्त गर्ने राजनीतिक दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ । संसदमा कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पाटी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, नेकपा एस १०, जनमत पार्टी ६, लोकतान्त्रिक समाजावादी पार्टी ४, नागरिक उन्मुक्ति ३, नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय जनमोर्चा १ र ५ स्वतन्त्र सांसद रहेका छन् ।

1

Scroll to Top