Banijya News

युनिक फार्मास्युटिकल्सको प्यारासिटामोल गुणस्तरहीन भएपछि बिक्री वितरणमा रोक

1
1.1K Shares

युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको फेला परेको छ । यससँगै नेपाल औषधि व्यवस्था विभागले ‘युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल’ बिक्री वितरणमा रोक लगाएको छ ।

विभागले अनुगमनका क्रममा संकलन गरेको नमुना औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरीय भेटिएको हो । विभागले युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल ५०० एमजीको ब्याच नं बीडीटी–२३६९, औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोकी बजारबाट तुरुन्त फिर्ता गरी विवरण पेस गर्न उत्पादक कम्पनीलाई निर्देशन पनि दिएको छ ।

विभागले खराबी देखिएका ब्याचका औषधिहरू बजारमा बिक्री वितरण, सिफारिस र प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ ।

1

Scroll to Top