Banijya News

नेपाल प्रहरीले संकलन गर्‍यो ४० करोड २५ लाख रुपैयाँ राजस्व

1
1.1K Shares

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कानून कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजस्व संकलन भएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामदबापत १७ करोड ९५ लाख ६७ हजार रुपैयाँ, अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार रुपैयाँ, ट्राफिक कारबाहीबापत ७ करोड १५ लाख ९३ हजार रुपैयाँ तथा अवैध सुनचाँदी बरामदबापत ८९ लाख ४५ हजार ३ सय ९३ रुपैयाँ राजस्व संकलन गरेको छ।

यस्तै हुण्डी कारोबार गर्नेहरूबाट ६४ लाख ४३ हजार रुपैयाँ, स्रोत नखुलेको रकम ८५ लाख ९ हजार रुपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरूबाट २७ लाख ६४ हजार रुपैयाँ, अवैध काठ बरामदबाट २ लाख ८७ हजार रुपैयाँ र अवैध पशुपक्षीको कारोबार गर्नेहरूबाट ७ लाख २ हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता काफ्लेले बताए।

1

Scroll to Top