Banijya News

‘आमा र नवजात शिशुका लागि खतरनाक अफगानिस्तान’

1
1.1K Shares

अफगानिस्तान अत्यधिक उच्च मृत्यु दर र निरन्तर आर्थिक अवरोधका कारण आमा र नवजात शिशुहरूका लागि विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक बनेको संयुक्त राष्ट्रसङ्घको जनसंख्या कोष (यूएनएफपिए) लाई उदृत गर्दै शनिबार स्थानीय मिडियाले रिपोर्ट गरेका छन्।

युएनएफपिएको प्रतिवेदन अनुसार अफगानिस्तानमा प्रति एक लाख जीवित जन्महरूमा ५२१ नवजात मृत्युको रेकर्ड गरेको छ, जुन एसिया–प्रशान्त क्षेत्रमा तथा विश्वव्यापी रूपमै सबैभन्दा उच्च मृत्युदर हो। एजेन्सीले हाल अफगानिस्तानमा करिब ५०० परिवारलाई स्वास्थ्य सेवा दिएको छ भने २०२६ मा लगभग ४५ लाख मानिसहरूलाई दुर्गम र कम सेवा भएका क्षेत्रहरूमा विशेष ध्यान दिएर आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने योजना बनाएको छ।

कोष र प्रशिक्षित चिकित्सा कर्मचारीहरूको निरन्तर अभावले रोकथाम योग्य रोगबाट हुने मृत्यु घटाउने प्रयासहरूलाई चुनौती दिइरहेको जनाइएको छ।

1

Scroll to Top