बैंशाख, १७ काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक डाक्न माग गरेको छ । बजेट देखि अन्य समसामयिक विषयमा छलफल गर्न ढिला हुने भन्दै बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक डाक्न माग गरेको हो ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनासँग लड्ने रणनीति बनाउन तथा आगामी आर्थिक वर्षको बजेट ल्याउने विषयमा छलफल गर्न संसद बैठक आवश्यक भएको बताए ।
बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले नेकपा नेतृत्वको सरकारले लोकतान्त्रिक संविधानको मर्मविरोधी कार्य गरेको भन्दै आलोचना गरेका थिए । शर्माका अनुसार कोरोनासँग जुध्ने कसरी र कोरोनापश्चात् उठ्ने अर्थतन्त्रलाई कसरी उठाउने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए । ‘बजेटबारे छलफल गर्न अब समय ढिलो हुन्छ । अबिलम्ब संसद बैठक बोलाउनुपर्छ,’ उनले भने ।


