Banijya News

संविधान संशोधन विधेयक आज पारित हुने

1
1.1K Shares

नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गर्नुहुनेछ ।

छलफलपछि सो विधेयकलाई पारित गर्ने प्रस्ताव मन्त्री तुम्बाहाम्फेले नै गर्नुहुनेछ । गत १९ गते कानून मन्त्री तुम्बाहाङफेले नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा अनुसार निशान छापको व्यवस्था गर्न संविधान संशोधन गर्ने विधेयक संघीय संसदमा पेस गर्नुभएको थियो ।

संविधान संशोधनका पक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि सहमत भएकाले संविधान संशोधन गर्न आवश्यक पर्ने दुई तिहाइ मत पुग्ने निश्चित छ । संविधान संशोधनको प्रस्ताव बहुमतले पारित भए भारतीय पक्षले दाबी गरेको भूभाग नेपालको नक्शामा समाहित हुनेछ ।

भारतले नेपाली भू–भाग भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक निर्माण गरेपछि नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो ।

1

Scroll to Top