Banijya News

संविधानको दोश्रो संशोधन हुँदा १२ जना सांसद अनुपस्थित, कारण यस्तो ?

1
1.1K Shares

शनिबार संविधानको दोश्रो संशोधन हुँदा १२ जना सांसद अनुपस्थित रहेका छन् । आज भएको मतदानमा ती सांसद अनुपस्तिथ रहेका संसद सचिवालयले जनाएको छ । सचिबालयका अनुसार प्रतिनिधि सभाको कुल सदस्य संख्या २७५ मध्ये संशोधनमा मतदान हुँदा २५८ जनाको उपस्थिति थियो । उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका थिए ।


सांसद सदस्य विजय गच्छदार, अफताब आलम, रेशम चौधरी र हरिनारायण रौनियार बिभिन्न मुद्दामा निलम्बित अवस्थामा छन । संसद बिनियमाबलीमा सभामुखले निर्णायक भोट आवश्यक परेमात्र उनीहरुले मतदान गर्ने पाउँछन् । यतिहुँदा हुदै पनि सरिता गिरी लगायतका केही सभासद भने विपक्षमा रहेकाले मतदान नगरेका हुन् ।
दोश्रो संशोधन हुँदा अनुपस्थित अनुपस्थित हुने १२ सांसद

  • सरिता गिरी
  • गोपालबहादुर वम
  • धनबहादुर बुढा
  • नगेन्द्र कुमार
  • शिवकुमार मण्डल
  • प्रमोद शाहा
  • सूर्यनारायण यादव
  • सूर्य केसी
  • हरिबोल गजुरेल
  • ज्ञानकुमारी छन्त्याल
  • अम्रिता देवी अग्रहरी

1

Scroll to Top