Banijya News

सांसद सरिता गिरीविरूद्ध टेकुमा उजुरी, २५ वर्ष जेल हाल्न माग

1
1.1K Shares

काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै किटानी जाहेरी दर्ता भएको छ । गिरीले संविधान संशोधन विधेयकको विरोधका क्रममा नेपालको सार्वभामैसक्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै २५ बर्ष जेल हाल्न माग गर्दे महानगरीय प्रहरी परिसर टेकुमा राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन माग गर्दै जाहेरी परेको हो।

अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीविरूद्ध नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै टेकुमा उजुरी दिएका हुन् । ‍उजुरी परेसँगै प्रहरीले अनुसन्धान थालिसकिएको छ ।

सांसद गिरीले संसद् बैठकमै नेपालले भारतलाई नसोधी नक्शा जारी गरेकाले त्यसको औचित्य नभएको बताएपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजीको मागसहित संशोधन दर्ता गराएकी थिइन् ।

उनको संशोधनलाई सभामुख अग्नि सापकोटाले अस्वीकार गरिरिदएका थिए । गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (५) क अनुसार जन्म कैद अर्थात २५ वर्षसम्म सजाय गर्न किटानी जाहेरीमा माग गरिएको छ ।

1

Scroll to Top