Banijya News

कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालको निधन पछि बिहीबार पाटी कार्यालय बन्द गर्ने

1
1.1K Shares

असार १७, काठमाडौं ।
नेपाली कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालप्रति सम्मान प्रकट गर्दै बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले यस्को शोक प्रस्ताव पारित गरेको हो । पार्टीले बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्नाका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने तथा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताएको छ ।


कांग्रेसकी समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको ६६ बर्षको उमेरमा शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा बुधबार निधन भएको हो ।


बाग्लुङको तमानखोला गाउँपालिका–५ खुंखानीमा जन्मिएकी छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. ३ बाट निर्वाचित सभासद थिइन् । उनले नेपाल महिला संघबाट राजनीति थालेकी थिइन् । छन्त्याल मुट तथा मृगौला सम्बन्धि समस्याबाट पीडित थिइन् ।


उनी संसदको कृषि, सहकारी, वातावरण र पशुपंक्षि समितिमा सदस्य थिइन् । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।

1

Scroll to Top