Banijya News

नेपाली कांग्रेसले गर्यो आफ्ना पूर्व मन्त्री गोविन्दराज जोशी सहित तीनलाई निष्काशन

1
1.1K Shares

नेपाली कांग्रेसले आफ्ना तीन जना पूर्व प्रभाबशाली नेतालाई निष्काशन गरेको छ । पूर्वमन्त्री गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्ट कांग्रेसबाट निष्काशित गरेको हो । तीनै जना नेतालाई कांग्रेसको अनुशासन समितिले पार्टीबाट निस्काशित गर्ने निर्णय गरेको हो ।

अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको पाइएकाले पार्टीबाट निष्कासन गर्ने निर्णय भएको समितिले बताएको छ ।

जोशी र ओझालाई ५÷५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्काशन गर्ने निर्णय भएको समितिले जनाएको छ । जोशीले गएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

त्यस्तै, पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझामाथि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

1

Scroll to Top