काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने भएको छ । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा राख्ने गरिएको बैठकबारे तीव्र आलोचना भएपछि देउवा निवासमै बैठक बस्न लागेको हो । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ ।
आजको बैठकले कांग्रेस महाधिवेशन केही पछि सार्ने र क्रियाशील विवादबारे निर्णय गर्ने बताइएको छ । साथै, सरकारको कार्य संचालनको बारेमा समेत निर्णय हुने भएको छ ।


