Banijya News

कांग्रेस सभापति पदमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित

1
1.1K Shares

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित भएका हुन् ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी कोइरालाले १८५५ मत प्राप्त गरे ।

पहिलो चरणको मतदानमा ४ हजार ६ सय ७९ मत खसेकामा हिजो दोस्रो चरणमा घटेर ४ हजार ५ सय ७४ मत मात्रै खसेको थियो । पहिलो चणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा देउवा विरुद्ध उभिएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई सहयोग गर्ने निर्णय गरेपछि उनको जितको आधार तयार भएको थियो ।

 

1

Scroll to Top