खानेपानीमन्त्री समेत रहेका नेपाली काँग्रेसको थारूतर्फको सहमहामन्त्रीमा उमेदवार उमाकान्त चौधरी निर्वाचित भएका छन् । शेरबहादुर देउवा पक्षबाट चुनाब लडेका चौधरी पार्टी कार्यालय सानेपामा भएको मतगणनाको मतपरिणामअनुसार शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गरी उमाकान्त सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
उमाकान्तले २५५६ मत ल्याएका छन् । यता तेजुलालले १८७७ मत पाएका छन् । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाका विश्वास पात्र हुन । देउवा र सिटौलाको राजनीतिक समिकरणमा उनी सस्थापन पक्षबाट लडेका थिए ।


