Banijya News

प्रधानमन्त्रीको भ्रमणले नेपाल भारत सम्बन्ध अझ प्रगाढ हुने ः सरकारका प्रवक्ता

1
1.1K Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने जनाएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार भएको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीनदिने भारत भ्रमणले नेपाल र भारतबिचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पु¥याएर मुलुकको हित गर्ने जानकारी दिए ।

‘मुलरुपमा नेपाल र भारतको बिचमा सदिऔँदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पु¥याएर मुलुकको हितमा यो भ्रमण केन्द्रीत रहने कुरा म यहाँहरु मार्फत् निवेदन गर्न चाहान्छु’, उनले भने । तीनदिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान गरिसकेका छन् ।

 

1

Scroll to Top