नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा गएपछि उपसभापति खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको जनाईएको छ ।
देउवा भारत भ्रमणबाट स्वदेश नफर्कुन्जेलसम्मका लागि खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो । देउवालाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन् । देउवा २० गते नेपाल फर्कने कार्यक्रम रहेको जानकारी दिईएको छ ।


