माओवादी केन्द्रले चुनावी प्रचारको पोस्टरबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, को आधिकारीक फेसबुक पेज बाट सार्वजनीक पोस्टरमा अर्थमन्त्री जनार्दन शर्मासहित कुलमानको फोटो सहित ‘अँध्यारोबाट उज्यालोको यात्रा’ पोस्टरमा राखिएको थियो ।
कुलमानसहित सामाजिक सञ्जालकर्ताले चौतर्फी आलोचनापछि उक्त तस्बिर प्रचण्डको पेजबाट हटेको छ । नयाँ पोस्टरमा प्रचण्डको मात्र फोटो रहेको छ । घिसिङले आफुलाई कुनै जानकारी नएको भन्दै पोस्टर हटाउन मागसमेत गरेका थिए ।


