Banijya News

चुनाव टार्न कसैले सक्ने छैन- केपी ओली

1
1.1K Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन कसैले टार्न नसक्ने त्यसलाई गराएर छाड्छौ बताएका छन् । उनले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि निर्वाचन रोक्ने कोसिस नगर्न आग्रह गरेको बताए ।

सोलुखुम्बुमा सोमबार आयोजित कार्यक्रममा उनले भने, “मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु । चुनाव रोक्ने कोसिस नगर्नुस् । उहाँले बुझ्नुहुन्न हामी बुझाएर छोड्नेछौं । चुनाव हुनेछ । चुनाव टार्न कसैले सक्ने छैन । चुनाव हामी गराएर छाड्छौं ।”

1

Scroll to Top