Banijya News

नेता महतोको फेसबुक ह्याक

1
1.1K Shares

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको सामाजिक सञ्जाल फेसबुक ह्याक भएको छ । नेता महतोले आफ्नो फेसबुक ह्याक भएको बताएका छन् । उनले पार्टी छाडेको आशयसहितको फेसबुकको स्क्रिन सट सामाजिक सञ्जालमा भाइरल भएपछि महतोले उक्त कुरा बताएका हुन् । आफ्नो फेसबुक ह्याक गर्नेलाई तुरुन्त कारबाहीको माग समेत गरेका छन् ।

महतोले लखेका छन् , ‘मेरो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले यो समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस मा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु । यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्नेछु ।’

1

Scroll to Top