Banijya News

एमालेले मनाङमा उम्मेदवार टुंग्यायो

1
1.1K Shares

एमाले मनाङले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ ।
त्यसैगरी, ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले र उपाध्यक्षमा छिरिङ धावा गुरुङलाई उठाउने भएको छ । चामे गाउँपालिका अध्यक्षमा लोकेन्द्र घले र उपाध्यक्षमा आशकुमारी गुरुङको नाम टुंगो लगाएको हो । नासों गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ (स्वतन्त्र) उम्मेदवार बन्ने भएका छन् ।

यसअघि सर्वसम्मत नेतृत्व चयन भएको नार्पाभूमि गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार उठाउने एमालेको तयारी गरेको छ ।मनाङका ४ गाउँपालिकामा २८ वटा वडा रहेका छन् ।

1

Scroll to Top