Banijya News

प्रधानमन्त्रीद्धारा गौतमबुद्ध अन्तर्राट्रिय विमानस्थल उद्घाटन

1
1.1K Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । बुद्ध जयन्तीको अवसरमा सोमबार विहान विमानस्थलमा आयोजित कार्यक्रममा उनले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले विमानस्थल सञ्चालनमा आएपछि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटकीय विकासमा थप सहयोग पुग्ने धार्मिक तथा सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने जनाए ।

उनले मुलुकमा निजी हवाई कम्पनीहरुलाई समेत यस विमानस्थललाई हव बनाएर हवाई उडान गर्न समेत आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै देउवाले २०७१ मा तत्कालीन प्रधामन्त्री सुशील कोइरालाले शिलन्यास गरेको भन्दै यसबीच विमानस्थल निर्माणमा अहोरात्र खटिने नागरिक उड्ययन प्राधिकरण र अन्य सरोकारवाला पक्षलाई हार्दिक धन्यवाद समेत दिए । विमानस्थलमा सोमबार विहान ७ बजेर ८ मिनेटमा कुवेतको जजिरा एयरलाइन्सले अवतरण गरी व्यवसायिक उडान शुरु गरेको छ । आजै नेपाल एयरलाइन्सको न्यारोबडीले पनि उडान गरेको थियो ।

1

Scroll to Top