Banijya News

कटारीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

1
1.1K Shares

कटारी नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएक छन् । उनी ६ हजार ४१७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले पाँच हजार ९५२ मत पाए । कटारीमा सत्तारुढ दलहरुबीच गठबन्धन भएको थियो । मेयर पदको उम्मेदवारी नपाएपछि माओवादी केन्द्रका नेता बरालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । निवर्तमान मेयरसमेत रहेका नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ पाँच हजार ७१५ ल्याउँदै तेस्रो स्थानमा रहे । उपप्रमुखमा भने नेकपा एमालेकी गीता खड्का ६ हजार ४१३ मतका साथ निर्वाचित भइन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विनोदकुमार कटुवाललाई तीन हजार ८२१ मत मात्र पाए ।१४ वटा वडा रहेको सो पालिकामा ७ वडाध्यक्ष एमाले, ३ वडाध्यक्ष काङ्ग्रेस, २ वडाध्यक्ष स्वतन्त्र, १ वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी) र १ वटा नेकपा (माओवादी केन्द्र) ले जितेको छ ।

वडा नं. १ मा एमालेका पदमलाल मगर, वडा नं. २ मा काङ्ग्रेसका प्रेमबहादुर क्षेत्री, वडा नं. ३ मा कांग्रेसकै पुष्कर खड्काले जितेका छन् । वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार भुपेन्द्रसिंह तामाङ, वडा नं. ५ मा एमालेका मोहनबहादुर तामाङ, वडा नं. ६ मा एमालेका प्रेमबहादुर मगर, वडा नं. ७ मा काङ्ग्रेसका सुविन ढुंगाना, वडा नं. ८ मा स्वतन्त्र उम्मेदवार नवीन्द्रकुमार तामाङले जितेका छन् । यसैगरी वडा नं. ९ मा नेकपा एकीकृत समाजवादीका बेगबहादुर आले मगर, वडा नं. १० मा एमालेका क्षेत्रबहादुर खड्का, वडा नं. ११ मा एमालेका अनन्त हायु, वडा नं. १२ मा माओवादी केन्द्रका यम्बरबहादुर कटुवाल, वडा नं. १३ मा एमालेका शम्भु श्रेष्ठ र वडा नं. १४ मा एमालेकै अम्बरबहादुर मगरले जितेका छन् ।

1

Scroll to Top