नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद सुरेन्द्रकुमार (राम) कार्कीले किसानलाई बलियो बनाउने गरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै कार्कीले किसानलाई पेन्सन दिने व्यवस्थासहित अन्य व्यवस्था गर्नु राम्रो भएको जानकारी दिए ।‘किसानसँग सरकार भन्ने कुरालाई कार्यगत रुपमा लाग्न सक्यौ भने किसानलाई बलियो बनाउन सक्छौँ ।
किसानका छोराछोरीको पढ्ने ग्यारेन्टी र किसान विरामी भएमा ग्यारेन्टी हुन सके किसान बलियो हुन्छ ।’ कार्कीले भने, किसानलाई सबलीकरण नभएसम्म नेपालमाथि जान सक्दैन । अगाडिको बजेटभन्दा कमसेकम यस पटक अलिकति भएपनि किसानहरुलाई महत्व दिएको छ । त्यसलाई स्वीकार गर्दछु ।’ शिक्षामा धेरै बजेट विनियोजन भएको कार्कीले जनाए । झापा जिल्लामै विज्ञान भन्दा अस्था र विश्वास, धर्ममा भर पर्ने गरेको जनाए । यस्तो सोचको विकास भएमा समाज अघि बढ्न नसक्ने ठोकुवा गरे ।


