Banijya News

होण्डाले ग¥यो देशभर शोरूमका शौचालय सार्वजनिक

1
1.1K Shares

होन्डाले देशभरका एक सय सात शोरूममा रहेका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको छ । शोरुम भिजिटमा पुग्नेहरुका लागि मात्र प्रयोग भइरहेको शौचालय अब जोसुकै व्यक्तिले पनि प्रयोग गर्न पाउने भएको कम्पनीले जानकारी दिएको छ । गत शुक्रबारदेखि शोरुम, डिलर र सबडिलर गरी एक सय सात स्थानबाट निःशुल्क शौचालयको सुविधा दिइएको कम्पनीले जनाएको छ । कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ शाहको एजेन्डालाई मध्यनजर गर्दै यो यो सुविधा सुरू गरेको हो ।

मेयर शाहले काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा छ वटा प्रस्ताव पढेर सुनाएका थिए । जसमध्ये एजेन्डाको चौथो बुँदा सार्वजनिक शौचालयको व्यवस्थाबारे थियो । काठमाडौंका विभिन्न ठाउँमा रहेका होटल, रेस्टुरेन्ट तथा पेट्रोल पम्पका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने निर्णय भएको छ । यससँगै काठमाडौंका केही होटल तथा रेष्टुरेन्टहरुले पनि आफूसँग भएका शौचालयहरुलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न थालेका छन् ।

1

Scroll to Top