नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली बहादुर चौधरी चयन भएका छन् । दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन्।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका थिए । संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी पनि आकांक्षी थिए । सोही बिचमा पनि चौधरी सर्वसम्मत चयन भएका हुन् ।


