Banijya News

नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न वेबसाइटको व्यवस्था , यसरी दिन सकिन्छ शब्द श्रद्धाञ्जली

1
1.1K Shares

नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका लागि पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरेको छ ।
पार्टीको वेबसाइट cpnuml.org खोल्ने वित्तिकै नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहनेले लेख्नसक्ने व्यवस्था गरिएको छ ।
यस्तो व्यवस्थाले पार्टी कार्यालय जान असमर्थ शुभेच्छुक, शुभचिन्तकहरूका लागि सुविधा पुग्ने अपेक्षा गरिएको एमालेले जनाएको छ ।
मंगलबार बिहान निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि मंगलबारदेखि अहिले केहिबेरसम्म उनको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा राखिने एमालेले जनााएको छ ।

1

Scroll to Top