प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।
लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जबाफ माग्दै कांग्रेसले आज पनि संसदमा विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्ने समय दिएका थिए।
उनले भने, म आग्रह गर्न चाहन्छु मेरा माननीय मित्र गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।
पौडेलले अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ भनी प्रश्न पनि गरे।
उनले प्रश्नको घेराभित्र रहेका कुनैपनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर स्थापित गर्न आग्रह पनि गरे।
सबै प्रकरणमा छानबिन हुने ग्यारेन्टी र प्रधानमन्त्रीबाट त्यसअनुसारको प्रतिबद्धता नआएसम्म कांग्रेसले प्रश्न उठाइरहने पौडेलले बताए।


