आज प्रतिनिधिसभाको बैठक भईरहेको छ ।
आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहनेछ भने अर्थमन्त्री वर्षमान पुनले यी छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् ।
तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले आजको बैठक अवरुद्ध गर्ने जनाएको छ । सहकारीको रकम अपचलन गरेको आरोप लागेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले राजीनामा माग्दै आएको छ । यस विषयमा प्रधानमन्त्रीले हिजोको बैठकमा जवाफ दिए पनि कांग्रेसले चित्त बुझाएको छैन ।


