Banijya News

ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग यथावत्

1
1.1K Shares

 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सूर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत् राखेको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने आफूहरूको माग यथावत् रहेको बताएकी हुन ।

उनले आगामी संसद् बैठकमा सरकारले समिति बनाउन नमाने कांग्रेसले संसद् अवरोध गरेको नभई सरकारले नै गरेको हुने पनी बताईन्  । न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको समेत बताईन् ।

उनले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न रहेको बताईन् । त्यसका साथै उनले प्रतिपक्षलाई संसद् अवरोध गर्न चुनौती दिएको भन्दै प्रतिपक्षले संसद् अवरोध गरेमा सरकार नचल्ने समेत बताईन्  ।

 

1

Scroll to Top