Banijya News

अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिद्वारा प्रमाणिकरण

1
1.1K Shares

राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणिकरण गरेका छन् ।

सभामुख देवराज घिमिरेले सोमबार बोलाइएको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाइएको सो पत्र पढेर सुनाएका हुन् । राष्ट्रपति कार्यालयले पठाएको पत्रमा गत चैत्र १६ गते सो विधेयक राष्ट्रपति पौडेलले संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रणाणीकरण गरिएको उल्लेख गरिएको छ ।

पत्रको व्यहोरा पढ्दै सभामुख घिमिरेले भने, ‘‘राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएको छ । सोको व्यहोरो म पढेर सुनाउन चाहन्छु । सम्मानीय राष्ट्रपतिज्यु श्री रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण भएको देहाय बमोजिमको विधेयकका प्रमाणिकृत प्रति थान १ यसैसाथ संलग्न राखि पठाइएको व्यहोरा अनुरोध गर्दछु । क्रम सङ्ख्या १. विधेयकको नाम अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० प्रमाणिकरण मिति २०८०/१२/१६ ।’’

सङ्घीय संसदको दुवै सदनले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुनको रुपमा लागू गर्ने संवैधानिक व्यवस्था छ ।

1

Scroll to Top