Banijya News

उपसभामुख राना संसदलाई जानकारी नै नदिइ गएकी थिइन् अमेरिका

1
1.1K Shares

उपसभामुख इन्दिरा राना संसदलाई जानकारी नै नदिइ अमेरिका भ्रमणमा गएको पाइएको छ। उनले संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी रमा कोइरालाले उपसभामुख रानाको अमेरिका भ्रमणको औचित्य र विषयबारे प्रश्न उठाएकी थिइन्।

कोइरालाले उपसभामुख संसद्को प्रतिनिधित्व गरेर अमेरिका गएको वा गैरसरकारी संस्थाको प्रतिनिधित्व गरेर गएको भन्ने प्रश्न उठाइन्।

कांग्रेस सांसद रामहरि खतिवडाले कार्यव्यवस्थामा राखेको जिज्ञासामा सभामुख देवराज घिमिरेले संसद्को प्रतिनिधित्वका रूपमा उपसभामुख नगएको र अन्य विषयमा जानकारी नभएको बताएका थिए। राना साउन ३० मा अमेरिका गएको बुझिएको छ।

बैठकमा उपसभामुख इन्दिरा रानालाई पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव दर्ताका लागि नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर सङ्कलन गरेको विषयमा प्रतिपक्ष दलहरूले भने आपत्ति जनाए।

1

Scroll to Top