Banijya News

राष्ट्रपतिको निजी निवासतिर पनि तोडफोड र आगजनी

1
1.1K Shares

जारी आन्दोलनको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासतिर पनि तोडफोड र आगजनी भएको छ।

आन्दोलनकारीको भीडले सुरक्षाकर्मीको घेरा तोड्दै घरतिर ढुंगामुढा गरेका र केही भागमा आगजनीसमेत गरिएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि दमकल र सुरक्षाकर्मी परिचालन गरिएको भए पनि पूर्ण नियन्त्रणमा लिन अझै चुनौती भइरहेको बताइएको छ।

घटनामा हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। तर घरको बाहिरी संरचना र सामग्रीमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ।

यसअघि आन्दोलनकै क्रममा विभिन्न मन्त्री र नेताहरूका निजी निवासमा पनि आक्रमण भएका थिए। राष्ट्रपति निवासमाथिको यो आक्रमणले आन्दोलन झन् उग्र बन्दै गएको संकेत गरेको छ।

1

Scroll to Top