Banijya News

भक्तपुर-२ मा महेश बस्नेत एकल सिफारिस

1
1.1K Shares

नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव महेश बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका लागि बस्नेतको एकल सिफारिस भएको हो।

उक्त क्षेत्रबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठले पनि दाबेदारी देखाएका थिए। तर उनीहरूले आफूलाई सर्वसम्मत बनाउन भूमिका खेलेका सचिव बस्नेतको भनाइ छ।

एमालेले प्रतिनिधि सभातर्फ धमाधम उम्मेदवारी सिफारिस गरिरहेको छ। कतै सर्वसम्मत, कतै बहुआकांक्षी तथा कतै मतदानमार्फत् एमालेले उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाइरहेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ यही माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका तय गरिएको छ।

1

Scroll to Top