Banijya News

पत्रकार सम्मेलन गर्दै कांग्रेस कार्यवाहक सभापति खड्का

1
1.1K Shares

विशेष महाधिवेशनको विवाद बढिरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएका हुन्। पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने भन्दै तयारी तिब्र भएपछि संस्थापन पक्षले यसलाई रोक्ने प्रयास गरिरहेको छ। यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो।

पत्रकार सम्मेलनमार्फत् कार्यवाहक सभापति खड्काले फेरि विशेष महाधिवेशन रोक्न आग्रह गर्ने बताइएको छ। विशेष महाधिवेशनको पक्षमा विभिन्न जिल्ला सभापतिहरु खुल्न लागेपछि संस्थापन पक्ष दबाबमा रहेको छ।

1

Scroll to Top