Banijya News

काग्रेस विशेष महाधिवेशनको पक्षमा झण्डै ५० प्रतिशतको हस्ताक्षर

1
1.1K Shares

नेपाली कांग्रेसको विशेष महाधिवेशनका पक्षमा झण्डै ५० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा अहिलेसम्म ४९ दशमलव ३४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरिसकेको जानकारी दिइएको हो।

महाधिवेशन सचिवालयले दिएको जानकारी भन्दै उद्घाटन सत्रका संचालकले यस्तो जानकारी दिएका हुन्।

कांग्रेसमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि छन् । तीमध्ये ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए ।

नियमित महाधिवेशन हुने अवस्था नभएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा विशेष महाधिवेशन भइरहेको हो। यसमा सभापति शेरबहादुर देउवा पक्षीय धेरै नेता कार्यकर्ता सहभागी छैनन्।

1

Scroll to Top