स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका आवेदकहरूको नाम सार्वजनिक गरेको छ ।
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदका लागि ५ जनाले आवेदन दिएका छन् । यसमा सुवास प्याकुरेल, सिमृन काफ्ले, निजन उपाध्याय, सुमनचन्द्र गुरुङ र महेश सुवेदीले आवेदन दिएका छन् ।
प्याकुरेल स्वास्थ्य क्षेत्रको सुधार र बीमालाई बलियो बनाउने अभियानमा सक्रिय व्यक्ति हुन् भने काफ्ले जनस्वास्थ्य अधिकृत हुन् । उपाध्याय बोर्डकी पूर्व सदस्य हुन् भने गुरुङ जनस्वास्थ्यकर्मी हुन् ।
त्यस्तै, स्वास्थ्य बीमा बोर्डकै कार्यकारी निर्देशकको पदका लागि भने १२ जना आवेदकले दरखास्त आवेदन दिएका छन् । यसरी आवेदन दिनेहरूमा राधेश्याम गिरी, होमनाथ गैरे, रोशनकुमार महतो, सुमनचन्द्र गुरुङ, मुक्तिनाथ खनाल, शक्ति बस्नेत रहेका छन् ।
त्यसैगरी, गंगाप्रसाद जोशी, राजेन्द्रकुमार पोख्रेल, बिमला भट्ट, पारस अधिकारी, प्रमोदकुमार यादव र दिपेन्द्रकुमार यादवले पनि कार्यकारी निर्देशको पदका लागि आवेदन दिएका छन् ।


