Banijya News

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

1
1.0K Shares

सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् ।

उनका अनुसार, सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय भएको बताए ।

वरिष्ठताका आधारमा कार्की धेरै पछाडि भए पनि प्रधानमन्त्री बालेन्द्र शाहले क्रमभंगता गर्दै मुख्यसचिव बनाएका हुन् । कार्की दुई वर्षअघि मात्र सचिवमा बढुवा भएका थिए । उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन् । वरिष्ठताका आधारमा प्रधानमन्त्री कार्यालयमै कार्यरत किरण शर्मा पहिलो नम्बरमा थिए ।

1

Scroll to Top