Banijya News

सुदूरपश्चिममा टुट्यो सत्ता गठबन्धन, एमालेले फिर्ता लियो सरकारको समर्थन

1
1.0K Shares

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेपछि बसेको एमाले प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सत्ता साझेदार दल नेपाली काँग्रेस र एमालेबीच आगामी आर्थिक वर्षको बजेटलाई लिएर विवाद चर्किएको थियो । एमालेले बजेटका केही कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै खर्च कटौतीको प्रस्तावसमेत दर्ता गरेको थियो । मुख्यमन्त्री शाहले प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि एमाले सहमत नभएपछि उनले एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका थिए ।

एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकारको संसदीय अंकगणित र राजनीतिक भविष्यबारे चर्चा हुन थालेको छ ।

1

Scroll to Top