Banijya News

परराष्ट्र मन्त्री खनाल र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

1
1.0K Shares

परराष्ट्र मन्त्री शिशिर खनाल र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच शिष्टाचार भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री खनालसँगको भेटमा नेपाल र भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा दीर्घकालीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

महावरले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि भेटवार्ता गरेका छन् । उक्त भेटमा दुई देशबीच भइरहेका सहकार्यका विभिन्न पक्षको समीक्षा गर्दै आगामी प्राथमिकताका क्षेत्रमा साझा पहल अघि बढाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा नेपाल–भारत सम्बन्धको ऐतिहासिक मित्रता र बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, संस्थागत समन्वय विस्तार, उच्चस्तरीय संवादलाई निरन्तरता दिने तथा द्विपक्षीय सम्पर्कलाई थप सुदृढ बनाउने उपायबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top