प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत माओमिङबीच नेपाल–चीन सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।
सोमबार भएको उक्त शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको हो ।
भेटवार्तामा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्नुका साथै विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
सो अवसरमा प्रधानमन्त्री शाहले नेपाल र चीनबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक सम्बन्धलाई अझ गहिरो बनाउँदै दुवै मुलुकको साझा हितका क्षेत्रमा सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।


