Banijya News

काँग्रेस संस्थापनले गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल

1
1.0K Shares

नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

मंगलबार अपील जारी गर्दै देउवाले पार्टीको विधि, विधान, पद्धति र केन्द्रीय समितिका निर्णयविपरीत ‘विशेष महाधिवेशन’का नाममा गतिविधि भइरहेको दाबी गरेका छन् । उनले ‘अवैधानिक विशेष महाधिवेशन’बाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

देउवाले विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम निर्णय नहुँदै त्यससम्बन्धी प्रक्रिया अघि बढाउनु उचित नभएको बताएका छन् । उनले पार्टीभित्र सहमति र सहकार्यबाट विवाद समाधान गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना महाधिवेशन अघि बढाउनु कांग्रेसलाई कमजोर बनाउनु मात्र भएको उल्लेख गरेका छन् ।

देउवाले आफूलाई कुनै पदको लोभ नरहेको स्पष्ट पार्दै १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको बताएका छन् । ‘पार्टीलाई कमजोर गर्ने गरी अवैधानिक रूपमा अधिवेशन गरिएमा मुकदर्शक भएर बस्न सक्दिनँ,’ देउवाले अपीलमा भनेका छन् ।

1

Scroll to Top