Banijya News

लगनगाँठो कसे पूर्व महामन्त्री कुन्दन काफ्लेले

1
1.2K Shares

वैशाख १४, काठमाडौं ।
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दन काफ्लेले आइतवार व्यवसायी मेनुका अधिकारीसँग लगनगाँठो कसेका छन् ।
काफ्ले र अधिकारीको गत चैत ५ मा टीकाटालो ’वाग्दान कर्म’भएको थियो । लामो समयदेखि नेविसंघको राजनीतिमा रहेका काफ्लेले अधिकारीसँग मागी विवाह गरेका हुन् । मागि विवाह गरेपनि कन्यादान दिन भने बेहुलीका बाबुआमा आउन सकेनन् । दार्जिलिड निवासी अधिकारी दम्पती लकडाउनका कारणले उत्तै रोकिएका हुन् ।
लकडाउनलाई पूर्ण रुपमा पालना गरिएको विवाहमा थोरै मात्र जन्ती र केही शुभेच्छुक नेता तथा कार्यकर्ता मात्र बिवाहमा आएका थिए । यसो त बिहेमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, बर्तामान नेविसंघ महामन्त्री बलदेश तिमल्सिना लगायत आधा दर्जन नेता तथा कार्यकर्ता उपस्थित थिए । तिमल्सिना अनुसार अक्षय तृतीयाको मौकामा साइत राम्रो रहेकाले आजै बिहे गरिएको हो । लकडाउन भएका कारण काफ्लेले धेरै नेता तथा कार्यकर्तालाई निमन्त्रणा नगरेको तिमल्सिनाले बताए ।

1

Scroll to Top