May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

रेमिट्यान्स् पठाउँदा लाख माथिको नगद लिन नपाइने

रेमिट्यान्स् पठाउँदा लाख माथिको नगद लिन नपाइने

पुष १८, काठमडौं ।
नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीको कारोवारमा थप कडाई गदेृ विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको रकम नेपाल पठाउँदा अब बैंक तथा रेमिट्यान्स कम्पनीहरुले एक लाखभन्दा बढी भूक्तानी नगदमा गर्न नपाउने नया नियम ल्याएको छ ।
नेपाल राष्ट्र बैंकद्धारा जारी भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ अनुसार विद्युतिय माध्यम द्धारा वैदेशिक रेमिट्यान्सको भूक्तानी गर्दा एक लाख माथिको रकम नगदमा भुक्तानी गर्न नपाउने व्यवस्था गरेको हो ।
योसँगै अब रेमिट्यान्स कारोबार गर्ने बैंक तथा वित्तिय संस्थान तथा एजेन्टहरुले एक लाखमाथिको कारोबारमा अनिवार्य बैंक खाता वा चेक प्रयोग गर्नु पर्नेछ । यसै व्यवस्था अनुसार आन्तरिक विप्रेषको कारोबार कम्पनीले अनिवार्य रुपमा कम्पनीको विप्रेष सिस्टम प्रयोग गर्नुपर्ने छ । यस्ता कम्पनीले प्रति व्यक्ति एक दिनमा एक लाखभन्दा बढी कारोबार गर्न नपाइने व्यवस्था गरेको छ ।

Advertisement